राप्ती नदी दिवस समारोह सम्पन्न, अभियानलाई सहमतिको साथ
चितवन । शनिबार भरतपुर २२ धनौजीमा राप्ती नदी दिवस समारोह २०८१ सम्पन्न गरिएको छ । थारु कल्याणकारिणीको सभाहलमा कार्यक्रम भएको थियो । राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियान चितवनले राप्ती नदी दिवस समारोह गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले वातावरण र पर्यावरणको संरक्षणमा अभियानले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पर्यावरणको संरक्षण चुनौतीको विषय रहेको हुँदा सरोकारवाला निकाय र स्थानीय सरकार हातेमालो गरेर अघि बढ्न आवश्यक भएको महानगरप्रमुख दाहालले बताउनुभयो ।
एकदशक अघिबाट सरसफाई र पर्यावरण संरक्षणमा क्रियाशील राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियानलाई अहिले पर्यावरण संरक्षणको अभियानमा सहमतिले सहयोग पु¥याउँदै आएको छ । निकुञ्जसँग जोडिएका खोला, ताल, स्थानहरुमा सरसफाई, जलचक्र र पर्यावरणको संरक्षणका लागि अभियानले काम गरिरहेको राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियान चितवनका अध्यक्ष अपिल घिमिरेले बताउनुभएको छ । यस अभियानले अहिलेसम्म २५ हजार मेट्रिकटन फोहोर निकालेर व्यवस्थापन मिलाएको अभियान्ता घिमिरेको भनाइ छ ।
सहमति संस्थाले जल, जमिन र जंगलको संरक्षणका लागि नदीसँगै हामी भन्ने अभियानका कार्यक्रम गर्दै आएको छ । राप्ती नदी सफाई अभियानको सहयोगी संस्था सहमतिलाई पनि नदी दिवश समारोहमा सम्मान गरिएको छ । यस कार्यक्रममा सहमति संगै होटल व्यवसायी, नेचर गाइड, महिला समूह, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजना अन्तर्गत सहमतिले राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियान चितवनलाई सहयोग पु¥याउँदै आएको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।
सहमति संस्थाले जल, जमिन र जंगलको संरक्षण अभियानको दीगोपनाका लागि नारायणी नदी संरक्षण कोष नै स्थापना गरेको छ । सहमतीले नारायणी नदीको सभ्यता संरक्षण र प्रवद्र्धन तथा पैरवीका लागि विभिन्न क्रियाकलापलहरु सञ्चालन गर्दै आएको छ । सहमतिले डब्लु डब्लु एफ नेपाल संगको सहकार्यमा प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजना चितवन जिल्लाको खगेरी जलाधार क्षेत्रमा र नवलपुर जिल्लाको गिन्द्री जलाधार क्षेत्रमा कार्यान्वयनमा आइरहेको छ ।