गामबेसी साँस्कृतिक कला केन्द्रको साधारण सभा, दर खाने कार्यक्रमसँगै दाताहरुलाई सम्मान

२०८१ भदौ ८ शनिबार १९:२३:०० मा प्रकाशित

गैँडाकोट । गामबेसी साँस्कृतिक कला केन्द्र जिल्ला कार्य समिति नवलपुरको दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साथै नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष दर खाने कार्यक्रमसँगै संस्थालाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  

गामबेसी साँस्कृतिक कला केन्द्रका अध्यक्ष कमलबहादुर कुँवरले केन्द्रको मार्फत गैँडाकोटमा संस्कृतिको जगेर्ना गर्न निरन्तर लागिरहेको बताउनुभयो । साथै उहाँले मौलिक परम्परागत बाजाको जगेर्ना गर्ने, कला संस्कृतिको संरक्षण कार्यमा लागिरहेको बताउनुभयो । यसको अलवा तालिम, साँस्कृतिक कार्यक्रमहरु समेत गर्दै आएको उहाँको भनाई थियो । 

केन्द्रका सल्लाहकार डि बि परियारले साँस्कृतिक कलाको प्रवर्धनका लागि केन्द्रले ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्दै पुरानो कला र संस्कृती जोगाउन सबै जुट्नुपर्ने बताउनुभयो ।

‘बचाऔँ हाम्रो प्रकृति–जोगाऔँ संस्कार, कला र संस्कृति’ भन्ने अभिप्रायका साथ गैँडाकोट ४ स्थित द फेमली क्याफेमा भएको कार्यक्रम सम्पन्न गरेको हो । 

केन्द्रले यसअघि कबडडी प्रतियोगिता, मठ मन्दिरमा सरसफाई, देउसी भैलो लगायत संस्कार, कला र संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न क्रियाकलाप गरेको केन्द्रका सल्लाहकार मिनबहादुर अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । 

गामबेसी साँस्कृतिक कला केन्द्रका विद्या अधिकारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।