चितवनको फोर्ब्स कलेजमा विद्यार्थीका लागि निशुल्क तालिम  

२०८१ जेठ २ बुधबार १६:५६:०० मा प्रकाशित

 

चितवन । भरतपुरमा रहेको फोर्ब्स कलेजले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि  निशुल्क तालिम शिविर सञ्चालन गर्ने भएको छ ।

स्नातक तहमा आईटी र होटल म्यानेजमेन्ट पढ्न रुची भएका विद्यार्थीहरुका लागि कलेजले निःशुल्क ट्रेनिङ क्याम्प सञ्चालन गर्न लागेको कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो ।

जेठ १३ गतेबाट सुरु हुने फ्रि ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनका लागि विद्यार्थीहरुले कलेजले आफ्नो वेबसाइट र आधिकारीक पेजमा राखेको क्यूआर कोडलाई स्क्यान गरि अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।प्राचार्य पाठकले आवेदन दिने ५० जना विद्यार्थीहरुका लागि जेठ १३ गतेदेखि असार १५ गतेसम्म एक महिनाको अवधिका लागि फ्रि ट्रेनिङ क्याम्प सञ्चालन हुने बताउनुभयो ।

कलेजका अनुभवी र तालिम प्राप्त प्राध्यापकहरुले विद्यार्थीहरुलाई आइटी र होटल म्यानेजमेन्ट विषयका विविध पाटोका बारेमा अध्यापन गराउने छन् ।भरतपुर महानगरपालिका वडा नं। २ क्षेत्रपुरमा अवस्थित फोर्ब्स कलेजले गतवर्ष आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको थियो । विभिन्न डेढ दर्जन सूचकहरु पुरा गर्दै कलेजले आइएसओ मान्यता प्राप्त गर्न सफल भएको हो । युके इन्टरनेशल सर्टिफिकेशन लिमिटेडले फोर्ब्सलाई आइएसओ मान्यता प्रदान गरेको हो ।

विस २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजमा ब्याचलर अफ होटल म्याजेजमेन्ट र ब्याचलर अफ कम्प्युटर साईन्स ९नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी० मा पढाई हुदै आएको छ । फोर्ब्स कलेज राजधानी बाहिर साइबर सेक्युरिटी पढाइहुने एकमात्र कलेज हो ।