नियात्राकार निर्मोही व्यासको 'आवारा बादल' कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न

२०८१ बैशाख २९ शनिबार १८:३९:०० मा प्रकाशित

गैँडाकोट । शनिबार ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा नियात्राकार निर्मोही व्यासको 'आवारा बादल' कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्रष्टाको कृतित्वमाथि साहित्यकार कपिल अज्ञातले प्रकाश पार्नुभएको थियोे । उहाँले जीवनजगतमा देखापरेका वस्तुगत यथार्थलाई प्रतिकात्मक ढंगले उजागर गर्ने स्रष्टाको रूपमा व्यासलाई चिन्नुपर्ने बताउनुभयो । शिक्षक, कवि, समालोचक एवम् साहित्यकार व्यासका डेड दर्जन पुस्तकहरू प्रकाशन भैसकेका छन् ।

कार्यक्रममा स्रष्टा पूर्णप्रसाद अधिकारीले कृतिकारको लेखकीय क्षमतामाथि चर्चा गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्यकारहरू गोविन्दराज विनोदी, रामबाबु घिमिरे, धनराज गिरि, तिलकराज शर्मा, इन्द्रराज पौडेल, केशवमोहन अधिकारीलगायतको उपस्थिति थियो ।