कतारका राजा आउँदा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

२०८१ बैशाख १० सोमबार १४:२६:०० मा प्रकाशित

काठमाण्डाै – सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजा अमिरकाे भ्रमणका क्रममा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

कतारका राजाकाे भ्रमणका क्रममा पर्यटन तथा विभिन्न मन्त्रालयअन्तर्गतका सम्झाैता हुने प्रवक्ता शर्माले बताउनुभयाे । नेपाललाई फाइदा हुने ढङ्गले कतारका राजासँग सम्झौता हुने उहाँकाे भनाइ छ । 

कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । दुई दिने भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिष्कृत गर्नेलगायत विषयलाई पनि उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।