गैँडाकोटमा ग्यास चुलो तथा सिलिन्डर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८३ बैशाख २७ आइतबार १८:३५:०० मा प्रकाशित

गैँडाकोट नगरपालिका वडा नं. ५ को आयोजनामा ग्यास चुलो तथा सिलिन्डर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। “आजको आवश्यकता प्राविधिक शिक्षा” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रम वैशाख २७ गते सहमतिको सभाहलमा भएको हो।

कार्यक्रममा वडा सदस्य शान्ति न्यौपानेले ग्यास चुलो मर्मत, सिलिन्डरको सुरक्षित प्रयोग तथा व्यवस्थापनका विषयमा सहभागीलाई व्यावहारिक तथा सैद्धान्तिक जानकारी दिइएको बताउनुभयो। 


दैनिक जीवनमा प्रयोग हुने ग्यास उपकरणको सुरक्षित प्रयोग सुनिश्चित गर्दै सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।


कार्यक्रममा पब्लिक साइनिङ टेक्निकल इन्स्टिच्युट प्रा.लि.ले प्राविधिक सहयोग गरेको थियो। प्रशिक्षक सोम बहादुर लामाका अनुसार यस्ता सीपमूलक कार्यक्रमले स्थानीय नागरिकलाई स्वरोजगार तथा प्राविधिक ज्ञान अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
 

कार्यक्रममा वडाध्यक्ष रत्नप्रसाद सापकोटा लगायत महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।