गैँडाकोटको बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४१० जनाले सेवा लिए

२०८३ बैशाख २६ शनिबार १९:२६:०० मा प्रकाशित

वैशाख २६ गैँडाकोट । गैँडाकोटमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शनिबार गैँडाकोट नगरपालिका वाड नं. १ को  नेपाल राष्ट्रीय शम्शेर आ.मा.वि. परिसरमा एक दिने निशुल्क शिविर भएको हो । गैडाकोट नगरपालिका आयुर्वेद शाखाको आयोजनामा भएको शिबिरमा ४१० जनाले सेवा लिएका छन् ।

गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारिले आयुर्वेद औषधीले कुनै हानी नगर्ने भएकोले आयुर्वेद औषधी प्रयोग गर्न आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारिले निरोगी रहनका लागि नियमित स्वास्थ्य जाँच गर्ने र औषधीको लागी आयुर्वेद औषधी मात्र सेवन गर्दा राम्रो हुने बताउनुभयो ।

 

यस्तै शिविरमा अम्लपित्त, कब्जियत, पेटसम्बन्धि रोगहरु, पाइल्स, पिस्टुला, फिसर, बाथ सम्बन्धी रोगहरु, पिनास, रुघाखोकी, स्त्री रोग सम्बन्धि रोगहरु, पिशाब सम्बन्धि रोगहरु, छाला सम्बन्धि समस्या भएका सेवागा्रहीलाई सेवा प्रदान गरिएको थियो ।

 

शिविरमा आयुर्वेद बिशेषज्ञ डा चन्द्रकान्त ज्ञवालीको नेतृत्वमा रहेको आयुर्वेद चिकित्सकहरु द्धारा स्वास्थ्य परिक्षण गरिएको थियो 

 

गैडाकोट वडानम्बर १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीकोे अध्यक्षतामा भएको शिबिरमा स्वागत मन्तब्य नेपाल राष्ट्रीय शम्शेर आ.मा.वि का बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कबिराज आचार्यले राख्नु भएको थियो। सहजिकरण गैडाकोट नगरपालिका आयुर्वेद शाखा वरिष्ठ कविराज निरिक्षक विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो ।