नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे सर्वसम्मत
चितवन । नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा ईन्द्रराज गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार भरतपुरमा भएको ८ औं जिल्ला अधिवेशनमार्फत गैरे सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अनिल कुमार पौडेलले जानकारी दिनुभयो ।
यसैगरी बरिस्ठ उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, उपाध्यक्षमा (थोक) तारानाथ अधिकारी, खुद्रातर्फ रुद्र सापकोटा, महासचिवमा टेक प्रसाद सापकोटा, कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल, सह(कोषाध्यक्षमा राजेश पौडेल चयन हुनुभएको पौडेलले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरुमा बिज्ञान पौडेल (थोक), श्रीनिवास पौड्याल (थोक), हरि प्रसाद ढकाल (खुद्रा), प्रेम थापा (खुद्रा),श्रीकृष्ण गौतम (खुल्ला), धनमाया लुईटेल (खुल्ला) र सारदा ढकाल आचार्य (खुल्ला) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अधिवेशनपुर्व भएको साधारणसभामा प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रकाश कुमार खन्डेवाल,अतिथिहरु नेपाल औषधि व्यवसायी संघ बाग्मती प्रदेश अध्यक्ष धुर्व नारायण श्रेष्ठ,औषधि व्यवस्था विभाग बिरगंजका प्रमुख शम्भु शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बन्दसत्रमा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष लक्ष्मीलाल श्रेष्ठले जानकारी दिनुभयो । नेपाल औषधि व्यवसायी संघ चितवनका अध्यक्ष बिनोद प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव तारानाथ अधिकारीले गर्नुभएको थियो ।