गैँडाकोटमा एकल महिलाका लागि कानुन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०८३ बैशाख २६ शनिबार १८:५९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकामा एकल महिलाहरूका लागि कानुन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका नगरकार्यपालिका कार्यालयको आर्थिक सहयोग तथा नारी कल्याण एकल महिला पैरवी  मञ्च, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को आयोजनामा तालिम सञ्चालन गरिएको हो ।


शनिबार गैँडाकोट–८ स्थित गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेड मा सम्पन्न कार्यक्रमको अध्यक्षता नारी कल्याण एकल महिला पैरवी  मञ्चकी अध्यक्ष निर्मला पौडेल ले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले एकल महिलाहरूको हक–अधिकार संरक्षणका लागि संस्था सदैव सक्रिय रहने बताउनुभयो। उहाँले एकल महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति देवी कोइराला को प्रमुख आतिथ्यता रहेको थियो। उहाँले एकल महिलाहरूको पीडा र संघर्ष आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनीहरूलाई आत्मनिर्भर, सक्षम र उत्प्रेरित बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। साथै, आगामी दिनमा पनि नगरपालिकाले एकल महिलाहरूका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा कार्यपालिका सदस्य शान्ता घर्ती, महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्साल लगायत एकल महिला दिदिबहिनीहरुको को उपस्थिति रहेको थियो।  संस्थाकी उपाध्यक्ष सारदा ढकाल ले स्वागत मन्तव्य राख्नुभएको  कार्यक्रमको सहजीकरण सदस्य महादेवी कट्टेल ले गर्नुभएको थियो।