जनक नमुना मा वि मा विशेष  शैक्षिक कार्यशाला  सम्पन्न 

२०८३ बैशाख २६ शनिबार १९:०५:०० मा प्रकाशित

वैशाख २६ , गैडाकोट । जनक नमुना मा वि मा आज शिक्षक तथा कर्मचारी उत्प्रेरणा एवम् विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।

 

शिक्षक तथा कर्मचारी हरुका लागि आयोजना गरिएको सो कार्यक्रम विव्यसका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा र गैडाकोट  नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले कार्यपत्र प्रस्तुत गर्दै  विद्यालयको वर्तमान शैक्षिक भौतिक एवं वातावरणिय अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यपत्र प्रस्तुत गर्दै प्रधानाध्यापक पण्डितले वर्तमान अवस्थामा विद्यालयको  अवसर र चुनौती को बारेमा प्रकाश पार्दै चुनौतीहरु धेरै रहेकोले सम्बन्धीत पक्षले बेलैमा सम्वोधन गर्न माग समेत गर्नुभयो । 

 

कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी नगर प्रमुख मदनमक्त अधिकारीले विद्यालयले भोग्नुपर्ने सबै समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै शैक्षिक विकासमा लाग्न आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्य , वार्ड नं २ का वडा अध्यक्ष प्रकाश सापकोटा , वार्ड नं ५ का वडा अध्यक्ष रल प्रसाद सापकोटा , कार्यपालिका सदस्य शान्ति न्यौपाने , शिक्षक अभिभावक संघका अध्यक्ष  विष्णु प्रसाद सापकोटा , छिमेकी विद्यालयका प्रधानाध्यापक ईन्द्रराज भट्टराई , नगर शिक्षा समितिका सदस्य दोलराज पाण्डे , वि व्य स सदस्य सुनिता न्यौपाने  लगायतले आ आफ्नो मन्तव्य दिदै विद्यालयले गरेको प्रगतीको सन्दर्भमा खुसी व्यक्त गर्नुभएको थियो। 

उक्त कार्यक्रममा गैडाकोटका वडाअध्यक्षहरू , कार्यपालिका का सदस्यहरु , शिक्षा समिति का सदस्यहरु , छिमेकी विद्यालयका प्रधानाध्यापकहरू , विव्यस  सदस्यहरु, शिक्षक अभिभावक संघ का सदस्यहरू  लगायत का अतिथिहरूको उपस्थिति रहेको थियो।

 

यसैबिच उत्प्रेरणा कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो भने सोही कार्यक्रममा एक वर्षिय रणनिति र विद्यालय सुधार योजना समेत निर्माण गरिएको थियो। शैक्षिक गुणस्तरका लागि गरिएको विशेष कार्यक्रममा विव्यसका शिक्षक प्रतिनिधी दिपक ढुङ्गाना ले स्वागत भाषण गर्नुभएको थियो भने विद्यालयका संयोजक हिमाल देव पंगेनी ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।