गैडाकोट ११ हर्कपुरको इला कम्र्फटमा जेठ २ गते सटर्डे पुल पार्टी हुने
गैँडाकोट । नवलपुरको गैँडाकोट–११ स्थित हर्कपुरमा रहेको इला कम्र्फटले सटर्डे पुल पार्टीको आयोजना गर्ने भएको छ । आइएमई गु्रप अन्तरगतको इला हस्पिटालिटीले मिनि थाइल्याण्डको आभास दिने गरी यही जेठ २ गते सटर्डे पुल पार्टीको आयोजना गरेको शनिवार होटल ईला कम्फर्टको सभाहलमा पत्रकार भेटघाट मार्फत जानकारी दिईएको हो ।
स्थानीय पर्यटन प्रवद्धन तथा जीवनशैली अनुभवलाई सुदृढ बनाउने उद्देश्यका साथ १८ वर्षमाथिका व्यक्तिलाई लक्षित गर्दै पार्टीको आयोजना गरिएको कार्यक्रम संयोजक निशान कँडेलले जानकारी दिनुभयो । कार्यक्रम संयोजक कँडेलले कार्यक्रममा सहभागि हुनका लागि भरतपुर देखि निःशुल्क बसको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
नेपालमा बढ्दो युवा लाइफस्टाइल र अनुभव आधारित पर्यटन मागलाई लक्षित गर्दै एकै दिनमा आराम, मनोरञ्जन, संस्कृति र सुरक्षित वातावरणको सन्तुलित समिश्रण प्रदान गर्ने अवधारणा सहित कार्यक्रम तयार गरिएको इला होटेलका जनरल म्यानेजर प्रदिप किरण न्यौपानेले जानकारी दिनुभयो । जनरल म्यानेजर न्यौपानेले थाइल्याण्डको आभास हुनेगरी आगामि जेठ २ गते दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताउनु भयो ।
.jpg)
आर्यन प्रोडक्सन र ईला कम्फर्ट हर्कपुरको सहकार्यमा हुने कार्यक्रमको प्रवेश शुल्क पाँच सय र पेयपदार्थ सहितको शुल्क सात सय रुपैयाँ तोकिएको छ । भरतपुरको चौविसकोठी र भाटभटेनीबाट समेत टिकट बिक्रीको व्यवस्था गरिएको र खल्ती एपबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले बताएको छ ।