चितवनमा महिन्द्राको २–टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप सार्वजनिक
भरतपुर । महिन्द्राको आधिकारिक वितरक चितवन अटो जोन प्रालिले भरतपुरमा दुई टन र एक टन सात क्वीन्टल भार क्षमताको बोलेरो म्याक्स पिकअप सार्वजनिक गरेको छ । बिहीबार हाकिमचोकस्थित अटो सेन्टरबाट उक्त क्षमताका दुई भारवहन गाडी सार्वजनिक गरिएको हो ।
महिन्द्राले लामो समयसम्मको बजार अनुभवका आधारमा नेपालको भूगोल सुहाउँदो भारवहन गाडी बजारमा ल्याएको सेन्ट्रल अटो जोन भरतपुरका अध्यक्ष राजेन्द्र बटाजुले जानकारी दिनुभयो । बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिकअपको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ, अध्यक्ष बटाजुले भन्नुभयो, यी गुणहरुसहित सञ्चालन खर्च कम हुँदा चालक तथा उद्योगी व्यवसायीहरुको रोजाइमा पर्ने गरेको छ ।

अटो जोनका व्यवस्थापक राजकुमार बरालका अनुसार मजबुत च्यासिस र बलियो बडी संरचना भएको म्याक्स पिकअप निर्माण क्षेत्रसँगै कृषिजन्य उत्पादनको ढुवानीमा सबैभन्दा उपयुक्त हुने देखिन्छ । नेपालमा ग्राहकहरूको लागि यो पिक-अपको दुई हेभी ड्युटी भेरियन्टहरू Bolero MaXX Pik–Up HD 1.7 LX / HD 2.0 L SXi उपलब्ध छ । एक टन सात क्वीन्टल क्षमताको लागि HD 1.7 LX भेरियन्टको विशेष शुरुवाति मूल्य रू. २९ लाख ९५ हजार (२९,९५,०००) बाट सुरु हुन्छ भने दुई टन क्षमताको लागि HD 2.0 L SXI को मूल्य रू. ३२ लाख ९५ हजार (३२,९५,०००) बाट सुरु हुने उहाँले बताउनुभयो ।
कम्पनिका अनुसार, “बोलेरी म्याक्स पिक–अप सार्वजनिक गरिरहँदा हामी निकै उत्साहित छौं। यसको मजबुती र बहुआयामिक क्षमता भौगोलिक रूपमा विविधताले भरिएका सडकहरूका लागि धेरै उपयोगी हुनेछ। र यसले साना कमर्सियल गाडी (एस-सि-भि) सेगमेन्टमा नयाँ मापदण्ड थप्ने विश्वास लिएका छौ “
अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेड, नेपालका लागि महिन्द्रा अटोमोबाइल तथा ट्रयाक्टरहरूको आधिकारिक वितरक हो ।
