कालिका मन्दिर-कालिका आश्रममा २४ घण्टे अखण्ड श्रीहरिनामसंकीर्तन

२०८२ चैत ११ बुधबार १९:२०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट–८ स्थित कालिका मन्दिर-कालिका आश्रमको ५०औँ वार्षिक उत्सवको अवसरमा मन्दिरले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

मन्दिरले चैत्र ५ गते कलश यात्रा, ७ गते महिला समूहबिच ज्योति कात्ने प्रतियोगिता, ८ गते अन्तर मठमन्दिर भजन प्रतियोगिता, १० गते अन्तर महिला समूहगत वक्तृत्वकला सम्पन्न गरिसकेको छ । त्यस्तै, वार्षिक उत्सवकै अवसरमा मन्दिरले बुधबार २४ घण्टे अखण्ड श्रीहरिनामसंकीर्तन सञ्चाल गरिरहेको मन्दिरका अध्यक्ष पिताम्बर सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाले भोली चैत १२ गते स्वर्णमहोत्सव मूल समारोह कार्यक्रम तथा चैत १३ गते पूर्णाहुति हवन कार्यक्रम आयोजना गरिएको समेत जानकारी दिनुभयो ।