मौलाकाली संस्कृत गुरुकुलममा वादविवाद प्रतियोगिता सम्पन्न

२०८२ पौष १७ बिहीबार १७:४३:०० मा प्रकाशित


नवलपरासी पूर्व । मौलाकाली संस्कृत विद्यापीठ गुरुकुलमको आयोजनामा भएको वादविवाद प्रतियोगितामा लक्ष्मण चौलागाईं प्रथम हुनुभएको छ । उहाँ योगी नरहरिनाथ अध्यात्म विज्ञान गीता पाठशाला गँैडाकोट १० पितौँजीका विद्यार्थी हुनुहुन्छ । उहाँले २५ सय पुरस्कार प्राप्त गर्नुभएको छ । धन भन्दा विद्या ठूलो विषयक बादविवाद प्रतियोगितामा मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलम गँैडकोट १ का सुजन अधिकारी दोस्रो हुनुभएको छ । उहाँले १८ सय पुरस्कार राशी प्राप्त गर्नुभयो । यस्तै प्रतियोगितमा निम्बार्क संस्कृत गुरुकुलमका भिजन शर्मा दाहाल तृतीय हुनुभएको छ । उहाँले ११ सय पुरस्कार राशी प्राप्त गर्नुभएको छ । योगी नरहरिनाथ अध्यात्म विज्ञान गीता पाठशाला गँैडाकोट १० पितौँजीका अनमोल सापकोटाले सान्त्वना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा ४ वटा संस्कृत गुरुकुलमहरुका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । निर्णायक मण्डलमा शैक्षिक व्यक्तिहरु रामचन्द्र कंडेल, चुडामणी कंडेल र योगराज कंडेल रहनुभएको मौलाकालिका संस्कृत गुरुकुलमका प्रधानाध्यापक टंकनाथ रिजालले जानकारी दिनुभएको छ । प्रतियोगिता केही दिन अघि भएको थियो ।