गैँडाकोट शिक्षा शाखाद्वारा आयोजित वादविवाद प्रतियोगितामा सरस्वती निकेतन प्रथम
गैंडाकोट । गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित “वैदेशिक अध्ययन तथा रोजगारी रहर कि बाध्यता” विषयक वादविवाद प्रतियोगिता बुधबार सम्पन्न भएको छ । सो प्रतियोगितामा सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट सहभागी सर्वना पाठकले प्रथम स्थान, कालिका नमुना माध्यमिक विद्यालयबाट सहभागी लक्ष्मी सापकोटाले द्वितीय स्थान, रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयबाट सहभागी प्रशंसा पौडेलले तृतीय स्थान र जनक नमुना माध्यमिक विद्यालयबाट सहभागी गरिमा अधिकारीले सान्त्वना स्थान हासिल गरेका छन् ।
कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव खेमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको निर्णायकमा कालिका संस्कृत विद्यापिठका उपप्राध्यापक पिताम्बर सापकोटा, भिमसेन आदर्श नमुना मा।विका सहायक प्रधानाध्यापक करन खड्का र शिक्षा अधिकृत रामप्रसाद अधिकारी रहनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणको सहजीकरण शिक्षा अधिकृत रामप्रसाद अधिकारी र दोस्रो चरणको सहजीकरण नारायणी मा।विका सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा १२ वटा विद्यालयका १८ जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा शिक्षा शाखाका प्राविधिक सहायक नेहाल गौतम, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।