चिसो बढेसँगै नारायणी सामुदायिक वनद्धारा उपभोक्ताका लागी दाउरा वितरण  

२०८२ पौष १५ मंगलबार १७:५२:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा रहेको नारायणी सामुदायिक वनले बढ्दो चिसो तथा शीतलहरलाई मध्यनजर गर्दै आफ्ना उपभोक्ता सदस्यहरुलाई निःशुल्क दाउरा वितरण गरेको छ ।

 

अघिल्ला वर्षहरुदेखि नै चिसो मौसममा दाउरा वितरण गर्दै आएको नारायणी सामुदायिक वनले यस वर्ष पनि आफ्ना १३ टोलका मुख्य चोक, चौतारा, सार्वजनिक स्थानहरू तथा आफ्ना क्षेत्रभित्रका अशक्त, अपांगता, बालबालिका, सुत्केरीहरुलाई आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको वनका अध्यक्ष नेत्रराज सापकोटाले बताउनुभयो । चिसोले विशेषगरी विपन्न परिवार, वृद्धवृद्धा र बालबालिकालाई बढी असर पु¥याउने हुँदा दाउरा वितरणको काम सुरु गरिएको अध्यक्ष सापकोटाको भनाई छ । अध्यक्ष सापकोटाका अनुसार कसैलाई पनि चिसोका कारण कष्ट भोग्नु नपरोस् भनेर यस वर्ष पनि दाउरा वितरण गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ । 

 


बढ्दो चिसोका कारण दिर्घरोगी, बालबालिका तथा बच्चाहरुको स्वास्थ्यमा धेरै समस्या आइरहेको अवस्थामा नारायणी वनले गरेको यस्तो कार्य प्रंशसनीय रहेको छ ।