चिसो मौसममा दाउरा वितरण गर्दै गैंडाकोटको जयश्री सामुदायिक वन
गैंडाकोट । गैंडाकोट ४ मा अवस्थित जयश्री सामुदायिक वनले बढ्दो चिसो तथा शीतलहरलाई मध्यनजर गर्दै आफ्ना उपभोक्ता सदस्यहरुलाई निःशुल्क दाउरा वितरण गरेको छ । अघिल्ला वर्षहरुदेखि नै चिसो मौसममा दाउरा वितरण गर्दै आएको जयश्री सामुदायिक वनले यस वर्ष पनि मुख्य चोक, चौतारा, सार्वजनिक स्थानहरू तथा आफ्ना क्षेत्रभित्रका अशक्त, अपांगता, बालबालिका तथा सुत्केरीहरुलाई आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको हो ।
चिसोले विशेषगरी विपन्न परिवार, वृद्धवृद्धा र बालबालिकालाई बढी असर पु¥याउने हुँदा दाउरा वितरणको काम सुरु गरिएको जयश्री सामुदायिक वनका अध्यक्ष भिम बहादुर कुमालले बताउनुभयो । अध्यक्ष कुमालले कसैलाई पनि चिसोका कारण कष्ट भोग्नु नपरोस् भनेर यस वर्ष पनि दाउरा वितरण गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
बढ्दो चिसोका कारण दिर्घरोगी, बालबालिका तथा बच्चाहरुको स्वास्थ्यमा धेरै समस्या आइरहेको अवस्थामा जयश्री सामुदायिक वनले गरेको यस्तो कार्य प्रंशसनीय रहेको छ ।