चिसो बढेपछि गैंडाकोट नगरपालिकाले दियो एक दिन विद्यालय बिदा
गैंडाकोट । अत्यधिक चिसो बढेपछि गैंडाकोट नगरपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले आज एक सूचना जारी गर्दै पुस १६ गते गैंडाकोट नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था एक दिनका लागि बन्द रहने जानकारी गराउनुभएको हो ।
सूचनामा बिदाको अवधिमा आफ्ना बालबालिकालाई चिसोबाट बचाउन आवश्यक सावधानी अपनाउन अभिभावकहरूलाई आग्रह गरिएको छ।
