नेपाली कम्युनिस्ट पार्टी गैंडाकोट ८ द्वारा  संघसंस्थामा प्रतिनिधित्व गर्ने सात जनालाई सम्मान 

२०८२ पौष १५ मंगलबार १५:१९:०० मा प्रकाशित

गैंडाकोट । नेपाली कम्युनिस्ट पार्टी गैंडाकोट ८ वडा कमिटीद्वारा विभिन्न संघसंस्थामा प्रतिनिधित्व गरी विजय हासिल गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । मंगलबार गैंडाकोट ८ लखनचोकमा एक कार्यक्रम गर्दै गैंडाकोट वडा नम्बर ८ मा विभिन्न संघसंस्थामा रहेर काम गर्ने सात जनालाई सम्मान तथा बधाई दिइएको हो ।

 


कार्यक्रममा विजयनन्दन टोल विकास संस्थाका अध्यक्ष कमरेड छविलाल सुवेदी, बेलटाडि टोल विकास संस्थाका अध्यक्ष कमरेड प्रेमलाल कुमाल, उज्ज्वल टोल विकास संस्थाका अध्यक्ष कमरेड दुर्गा बहादुर रानामगर, चितवन तथा नवलपरासी भुषपराल व्यवसायी संघका अध्यक्ष कमरेड धनबहादुर घिसिङ, नन्दन सामुदायिक वन उपभोक्ता समूहका सदस्य कमरेड लक्ष्मी लामा, गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष कमरेड कृष्ण सापकोटा र गैंडाकोट नमुना भैंसीपालक कृषि समूहका उपाध्यक्ष कमरेड बासुदेव आचार्यलाई सम्मान गरिएको थियो ।


 गैंडाकोट वडा नम्बर ८ वडा कमिटी अध्यक्ष कमरेड दुर्गाजित कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धनप्रसाद सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी गण्डकी प्रदेश उपाध्यक्ष मित्रशरण शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । 


कार्यक्रममा गैंडाकोट नगर कमिटी अध्यक्ष प्रकाश अधिकारी, पालिका सदस्य एवं गैंडाकोट वडा न. ८ जनप्रतिनिधि कमला आचार्य लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रमको सहजीकरण नेपाली कम्युनिष्ट पार्टी गैंडाकोट ८ वडा कमिटी सचिव फुलबहादुर लामाले गर्नुभएको थियो ।