सडक बोर्डसँगको साझेदारीमा कुन कुन सडक बन्दै ?

नवलपरासी पूर्व । सडक बोर्ड नेपाल र गैँडाकोट नगरपालिकाको लागत साझेदारीमा गैँडाकोटमा आठवटा सडक आयोजना निर्माण हुँदैछ । गैँडाकोट नगरकार्यपालिकाको निर्णय अनुसार सडक बोर्डको स्थानीय सडक मर्मत संभारका लागि विनियोजन भएको ५५ लाख र नगरपालिकाको तर्फबाट ३० लाख थप गरि ८५ लाख बजेटबाट ८ वटा सडक निर्माण हुनेछन् ।
गँैडाकोट ११ को भेडाबारी देखि दमारबाटो र चुवाडी देखि शिवमन्दिर बाटो, गैँडाकोट १० को संगमचोकदेखि पश्चिम लालकृष्ण श्रेष्ठको घरसम्मको बाटो, गैँडाकोट १३ को सिख्रौली मार्ग, गैँडाकोट १४ को टाउनभागर बाटो, गँैडाकोट १२ को शान्ति मार्गदेखि गुहेखोला, गँैडाकोट ५ को महिला कल्याणकारी मार्ग निर्माणको योजना कार्यान्वयन गर्न चैत ३१ गतेको कार्यपालिका बैठकले ले नै कार्यालयलाई निर्देशन दिएको छ ।