कुन कुन योजना परिवर्तीत भए ?

नवलपरासी पूर्व । चालु आर्थिक वर्षको अन्तिम त्रैमासिक सुरु हुँदै गर्दा गँैडाकोट नगरपालिकाले केही वडा तथा समितिका योजना र रकम रकमान्तर गरेको छ ।
गैँडाकोट १६ को पचास प्रतिशत लागत साझेदारीको तोरी पेल्ने मेशिन योजनाका लागि ६ लाख रकम विनियोजन भएको थियो, यो योजना परिवर्तन गर्दै शिवमार्ग बाटो ढलानकाका लागि १० लाख छुट्याइएको छ ।
गत चैत ३१ गते बसेको कार्यपालिका बैठकबाट नै योजना परिवर्तीत गरिएको हो ।
गैँडाकोट ५ को व्यायम तथा योग कक्षाका लागि १ लाख रुपैँयाको योजना परिवर्तित गर्दै ओम नारायण मार्ग स्तरोन्नतीका लागि लगाइएको छ ।
गैँडाकोट २ को शिव मार्गका लागि विनियोजित ५ लाख बजेट रकम परिवर्तीत गर्दै धौलागिरी टोल विकास संस्थाको भवन निर्माणका लागि राखिएको छ ।
गैँडाकोट ८ को अगन्धरको घर देखि मुना पाण्डेको घरसम्मको बाटोको वाल निर्माणको लागि २ लाखको योजना परिवर्तन गर्दै बेलटारी टोलमा रहेको अपुरो बाटो निर्माण गरिने भएको छ ।
शिक्षा शाखा अन्तर्गतको उद्यमी युवाहरुलाई वा रोजगार प्रवर्धनका लागि छुट्याएको १० लाख मध्येको रकमबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि ४ लाख २० हजार र जनप्रतिनिधि र कर्मचारी मैत्रीपूर्ण फुटबल प्रतियोगिताको खेलका लागि १ लाख रकम खर्च हुने गरि योजना परिवर्तन गरिएको छ ।
चैत्र मसान्तको नगरकार्यपालिकाको बैठकको निर्णय जेठको पहिलो सातामा मात्र सार्वजनिक भएको हो ।