विपन्न उपभोक्तालाई घर बनाउँदै देउराली वन

नवलपरासी पूर्व । गैँडाकोट ३ मा रहेको देउराली सामुदायिक वनले गरिबी निवारण कार्यक्रम अन्तर्गत गरिब विपन्न परिवारका लागि २ वटा घर निर्माण गरिरहेको छ । वडा कार्यालय नजिक १ वटा र श्रीकृष्णगण्डकी माध्यमिक विद्यालय नजिक १ वटा घर निर्माण गरिरहेको कार्यालय सचिव विजेश आलेले बताउनुभयो ।
स्थानीय सुकमान गुरुङका लागि ४ लाख बराबरको ३ कोठे भवन र गोपाल थापाका लागि साढे ३ लाख बराबरको २ कोठे भवन निर्माण गरिएको हो । सामुदायिक वनले गरिबी निवारण अन्तर्गत दैनिक रोजगारी, झाडी सफाई, फायर लाइन निर्माणमा ६ लाख बढी खर्च भइसकेको कार्यालय सचिव आलेले बताउनुभयो । यसैरी वनले ८५ जना विपन्न घरपरिवारका सदस्यको लागि जिवन बिमा समेत गरेको छ ।