गैँडाकोटका तीन सहकारीमा साढे १२ अर्ब बढी बचत

२०८२ जेठ १० शुक्रबार १७:०३:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोट ३ ठूला सहकारीमा सदस्यहरुको साढे १२ अर्ब रकम बचत रहेको छ । गैँडाकोटमा रहेको विकू सहकारी, किसान सहकारी र गण्डकी सहकारीमा गरि १२ अर्ब ५१ करोड १३ लाख ८३ हजार ८५ रुपँैया रकम बचत देखिन्छ । यस मध्ये विकू सहकारीमा ८ अर्ब ५ करोड ६४ लाख ९१ हजार, किसान सहकारीमा ३ अर्ब ७८ लाख ३४ हजार र गण्डकी सहकारीमा १ अर्ब ४४ करोड ७ लाख ५७ हजार बढी बचत रहेको छ ।

सहकारीमा तरलताको अवस्था हेर्ने हो भने विकूमा ३४.४० प्रतिशत, किसानमा २६.७१ प्रतिशत र गण्डकी साकोसमा २०.७६ प्रतिशत रहेको छ । विकू साकोसमा २ अर्ब ७७ करोड, किसान साकोसमा ८० करोड ३२ लाख र गण्डकी साकोसमा ३० करोड बढी तरलता रकम रहेको छ ।

विकूमा १ लाख २४ हजार ६९१ सदस्यमध्ये  ८ हजार ५ जनाले ऋण लिएका छन्, किसानमा ९३ हजार ६ सय ६४६ जना सदस्य मध्ये ९ हजार ७ सय ६८ जनाले ऋण लिएका छन् र गण्डकी सहकारीमा १६ हजार ७ सय ६७ सदस्यमध्ये १६ सय ३७ जनाले ऋण लिएका छन् । विकू र किसानको बैशाख मसान्तसम्मको वित्तीय विवरण हो भने गण्डकी साकोसको चैत मसान्तसम्मको वित्तीय विवरण हो ।