सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

२०८२ जेठ १० शुक्रबार ११:५८:०० मा प्रकाशित

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार पाँचमा कारोबार भइरहेको छ ।


अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३ सय ३० डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस