सर्वोच्चमा रवि र छवि रिटमाथि आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।
बिहीबार रवि र छविका तर्फका अधिवक्ताहरूले बहस गरिसकेका छन् । सरकारी वकिलको बहस पनि सकिएको छ । शुक्रबार जाहेरवालाको तर्फबाट बहस हुनेछ । त्यसपछि जवाफी बहस हुनेछ ।
लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।