गैडाकोटमा सम्पन्न सातौ उपमेयर कपको उपाधि रत्नराज्य लक्ष्मी माबिले जित्यो

उप बिजेता बन्यो अमरज्योति माबि 

२०८२ जेठ ८ बुधबार १९:०६:०० मा प्रकाशित

गैडाकोट । नवलपरासि पुर्व गैडाकोटमा सम्पन्न सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्नराज्य लक्ष्मी माबिले जितको छ । 
गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको फाईनल खेलमा अमरज्योति माबिलाई १ गोल गदै रत्नराज्य लक्ष्मी माबि बिजयी भएको छ । रत्नराज्य लक्ष्मी माबिको तर्फ बाट अप्सरा भुजेलले १ गोल गदै आफ्नो टिमलाई बिजयी गराएकी हुन् । खेलको प्लेयर अफ दि म्याच रत्नराज्य लक्ष्मी माबिकी अप्सरा भुजेल भएकी छन् ।
उपाधि बिजेता रत्नराज्य लक्ष्मी माबिले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उप बिजेता अमरज्योति माध्यमिक बिद्यालयले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले बताउनु भयो । 


त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने बिजय सामुदायिक शिक्षा सदन र बालज्योति आधारभुत बिद्यालयले नगद १७/१७ हजार रुपैँया प्राप्त गरेका छन् ।
 त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर ,सर्बाधिक गोल कर्तालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा विद्यालयहरुले भाग लिएका थिए ।