गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा 

२०८२ जेठ ८ बुधबार १७:४७:०० मा प्रकाशित

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित कार्यालयमा लगेको हो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।

भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेको थियो ।  बुधबार उनलाई अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । भट्टराई अहिले सोधपुछका लागि अख्तियारको नियन्त्रणमा रहेका छन् ।