गैडाकोटमा जारि सातौ उपमेयर कपको उपाधिका लागि रत्नराज्य लक्ष्मी र अमरज्योति माबि भिड्ने

२०८२ जेठ ८ बुधबार ११:५०:०० मा प्रकाशित

 गैडाकोट । नवलपरासि पुर्व गैडाकोटमा जारि सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि लागि रत्नराज्य लक्ष्मी माबि र अमरज्योति माबि भिड्ने भएका छन् ।
। 
गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा हुने फाईनल खेलमा अमरज्योति माबि र रत्नराज्य लक्ष्मी माबि बिच प्रतिस्पर्धा हुने भएको छ ।


यस्तै आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा रत्नराज्य लक्ष्मी माबि बिजयी भएको हो । रत्नराज्य लक्ष्मी माबि र बालज्योति आधारभुत बिद्यालय बिच भएको प्रतिस्पर्धा भईरहदा निर्धारित समयमा पनि कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा रत्नराज्य लक्ष्मी माबिले बालज्योति आधारभुत बिद्यालयलाई २ – ० गोल अन्तरले बिजयी हुदै फाईनल पुगेको छ । खेलको प्लेयर अफ दि म्याच रत्नराज्य लक्ष्मी माबिकी गोलरक्षक अन्तरा भुजेल भएकी छिन् ।

यसै बिच आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा अमरज्योति माध्यमिक बिद्यालय बिजयी भएको हो । बिजय सामुदायिक शिक्षा सदन र अमरज्योति माध्यमिक बिद्यालय बिच भएको खेलमा ० का बिरुद्ध ४ गोल गदै अमरज्योति माध्यमिक बिद्यालय बिजयी भएको हो । खेलमा अमरज्योति माध्यमिक बिद्यालयको तर्फबाट रेनु शर्माले ३ गोल र अन्जिला भुसालले १ गोल गरिन भने खेलको प्लेयर अफ दि म्याच रेनु शर्मा भएकी छिन् । जीत सँगै अमरज्योति माध्यमिक बिद्यालय फाईनल पुगेको छ ।


गैडाकोटमा भएको सातौ उपमेयर कपको उपाधिका लागि रत्नराज्य लक्ष्मी, र अमरज्योति माबि बिच आज दिउसो ३ बजे खेल हुने नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले जानकारि दिनुभयो ।
 प्रतियोगितामा उपाधि विजेताले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ वटा टिमलाई नगद १७÷१७ हजार रुपैँया प्रदान गरिने छ । त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर ,सर्बाधिक गोल कर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा विद्यालयहरुले भाग लिएको गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले बताउनु भयो ।


गैडाकोट १० मा रहेको सुनगाभा युवा क्लब सह–आयोजक भएको प्रतियोगितामा सहभागि प्रत्येक खेलाडिलाई रु एक लाख बराबरको बिमा समेत गरिएको छ ।