वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारको क्रममा नेपालको निधन भएको हो ।
पूर्व शिक्षामन्त्री एबम् नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत रहनुभएका नेपाल पछिल्लो समय राजनीतिबाट निष्क्रिय हुनुहुन्थ्यो । उहाँ पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो । केहीदिन अघि अस्पताल भर्ना हुनुभएका नेपाललाई हिजो आईसीयूमा राखिएको थियो ।