तोलामा ५३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज थप ५ हजार ३ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।