कमला नदीमा बाढी आएपछि आवतजावत बन्द, नदीको बहाव कम नहुञ्जेल सतर्कता अपनाउन प्रशासनको आग्रह

सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी कमला नदीमा बाढी आएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ । नदीमा पानीको सतह बढेपछि पुलमुनि बाटो डुबानमा परेको छ, जसका कारण सवारीसाधन तथा पैदल यात्रीहरू प्रभावित भएका छन् ।
यसले दैनिक यात्रा गर्ने सर्वसाधारणलाई अत्यधिक सास्ती भएको छ। विद्यार्थी, कर्मचारी, बिरामी तथा बजार गर्न जानेहरू निकै समस्यामा परेका छन् । स्थानीय बासिन्दाहरूले यस क्षेत्रमा स्थायी समाधानको माग गरेका छन्, भने प्रशासनले नदीको बहाव कम नहुञ्जेल सतर्कता अपनाउन आग्रह गरेको छ ।