गैँडाकोट नगरपालिकाले दियो पाँच दिन स्थानीय विदा

२०८२ बैशाख २३ मंगलबार १४:१३:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गैँडाकोट नगरपालिकाले २०८२ सालमा श्रावण २५ आइतबार अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, भदौ १० गते मंगलबार हरितालिका तीज व्रत, भदौ ३० गते सोमबार जितिया पर्व, कार्तिक १५ गते शनिबार हरिबोधिनी एकादशी र फागुन १५ गते शुक्रबार मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।