जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहले गरे विरोध
काठमाडौँ । जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा प्रतिनिधिसभाको आजको बैठकमा दुई सांसदले विरोध जनाएका छन् ।
अन्य मुलुकमा जन्मिएकाहरूको जन्मजयन्तीमा बिदा दिने तर राष्ट्रकी विभूति जानकी (सीता)को जन्म जयन्तीमा बिदा नदिने भन्दै आम जनता पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रश्न गरेका हुन् ।