नेपाल विद्यार्थी संघले गर्यो क्यालेण्डर विमोचन

गैंडाकोट । नेपाल विद्यार्थी संघ स्थापना दिवसको अवसरमा शनिबार गैंडाकोटमा स्वागत, बिदाई एंव क्यालेण्डर विमोचन कार्यक्रम गरिएको छ । गैंडाकोट २ स्थित सूर्यभक्त पतनादेवी मेमोरियल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीले शिक्षा र प्राविधिक शिक्षामा जोड दिई सक्षम र सबल हुन अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितीका अध्यक्ष महेन्द्रभक्त अधिकारी, नेपाली काङ्गे्रस नगर सभापति बद्री सापकोटा, नेपाली काङ्गे्रस नगर महासमिती सदस्य गोकुल सापकोटा, क्याम्पस प्रमुख दिपेन्द्र पौडेल, नेपाल बक्सिंग संघ गण्डकी प्रदेश सदस्य दल बहादुर राना, ने वि संघका सभापती श्याम कुमार वाचे, ने वि संघका केन्द्रिय सदस्य, जिल्ला सदस्य, विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको कार्यक्रममा कार्यक्रमको सहजीकरण वर्तमान स्व.वि.यु का कोषाध्यक्ष स्काईरा सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा २०८२ सालको क्यालेण्डर विमोचन गरिएको थियो ।