गैँडाकोट ८ ले गर्यो अपाङ्गता भएका व्यक्तिका लागि खाद्यान्न र विभिन्न सामग्री सहयोग

गैँडाकोट । अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्ग लक्षित कार्यक्रम अन्र्तगत गैँडाकोट ८ ले आज खाद्यान्न, झुल, डाइपर र सेनेटरी प्याड लगायत वितरण गरेको छ ।
वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी १ लाख २५ हजार बराबरको खाद्यान्न, झुल, डाइपर र सेनेटरी प्याड लगायतका विभिन्न उपयोगी सामग्री वितरण गरेको गैँडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । उहाँले वडाबासीको सहजता र हितका लागि विभिन्न समयमा विभिन्न कामहरु वडाले गर्दै आएको पनि वडाध्यक्ष सापकोटाको भनाई छ ।
वडामा रहेका ४६ जनालाई सो सामग्री दिइएको थियो । वडाध्यक्ष सापकोटाले ४६ जनाले नै बचत गरे सुरुको महिनाको ४ हजार ६ सय बचत व्यक्तिगत रुपमा सहयोग गर्ने बताउनुभयो । बचतले आफुलाई पछि आवश्यकता हुँदा प्रयोग गर्न पाइने हुँदा सकेसम्म बचत गर्न आवश्यक रहेको भन्दै सिप र जिविकोपार्जनका लागि वडाले सकेको सहयोग गर्ने पनि उहाँले बताउनुभएको छ ।
सुनौलो अपाङ्ग स्वाबलम्बन समुह गैँडाकोट ८ का लक्ष्मी अधिकारीले अन्य सामान्य मान्छे सरह काम गर्न सक्ने हुनाले आफुमा साहस भरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले सरोकारवाला निकायसँग समन्वय गरेर अगाडी बढ्ने र एकजुट भएर आए सफल बन्न सकिने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुले मासिक रुपमा बचत गरिरहेका छन् । उनीहरुले अहिले १ लाख ५० हजार बढि बचत संकलन गरिसकेका छन् ।
कार्यक्रममा कार्यपालिका सदस्य कमला आचार्य, वडा सदस्य खगेश्वर सापकोटा, कालिका टोल विकास संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद कँडेल, आदिकवि भानुभक्त टोलको अध्यक्ष पदमा सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सुनौलो अपाङ्ग स्वाबलम्बन समुह गैँडाकोट ८ का कोषाध्यक्ष माया सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखाका मधुमाया रानाभाटले गर्नुभएको थियो ।