गैँडाकोट ७ मा भयो छातिको निःशुल्क एआई एक्सरे

गैँडाकोट । गैँडाकोट ७ मा मंगलबार (आज) ४ सय ३३ जनाले छातिको निशुल्क एआई एक्सरे गरेका छन् । त्यसमध्ये २ जना मा क्षयरोग देखिएको र १८ जनामा शंंकास्पद भेटिएकोले खकार परीक्षणको सुझाव दिइएको गैँडाकोटका जनस्वास्थ्य निरीक्षक प्रकाश पोखरेलले जानकारी दिनुभयो ।
क्षयरोग मुक्त गैँडाकोट नगर बनाउने अभिप्रायका साथ गैँडाकोटमा छातिको निःशुल्क एआई एक्सरे भएको हो । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशले नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएर अगाडी बढेको बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नागरिकको सहजताका लागि यो सेवा नगरमा ल्याएको बताउनुभयो ।
सो कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले क्षयरोग मुक्त गैँडाकोट निर्माण गर्ने अभियान स्वरुप निशुल्क छातिको एक्सरे शिविर आयोजना भएको बताउँदै आगामी दिनमा पनि वडाबासीको स्वास्थ्य समस्याको समाधानका लागि वडा कार्यालयले सेवा गर्ने कुरा व्यक्त गर्नुभयो ।
क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले खकार संकलन बाट क्षयरोगको पत्ता लगाउदैँ आएकोमा छातिको निशुल्क एआई एक्सरे प्रबिधि भित्रिएकोले सोहि मेसिनले एक्सरे गरेको बताउनुभयो ।
सोमबार गैँडाकोट २ मा ४ सय ३ जनाले छातिको निशुल्क एआई एक्सरे गरेका थिए ।
आज भएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल , प्रादेशक क्षयरोग नियन्त्रण केन्द्र पोखराका निर्देशक डा. सुनिल राज गौतम, महिला स्वास्थ्य स्वयसेविका, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।
गण्डकी प्रदेशका १९ पालिकामा सञ्चालित यो कार्यक्रम नवलपुरमा गैँडाकोट र देवचुलीमा सञ्चालित छ ।