गैँडाकोटमा सुनौलो हजार दिनका महिलालाई असल खानपान र सरसफाई सम्बन्धि अभिमुखीकरण

गैँडाकोटका विभिन्न वडामा सुनौलो हजार दिनका महिलालाई असल खानपान र सरसफाई सम्बन्धि अभिमुखीकरण गरिएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका महिलालाई असल खानपान र सरसफाई सम्बन्धि अभिमुखीकरण गरिएको हो ।
गैँडाकोट वडा नम्बर ६, ७, १० र ११ मा गरिएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा पोषण फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक माधव आचार्य र पोषण सहजकर्ता गिता सुवेदीले अभिमुखीकरण गराउनुभएको थियो ।
खानपान र स्वस्थ जिवनशैलीमा ध्यान दिन समेत उहाँहरुले सुनौलो हजार दिनका महिलालाई आग्रह गर्नुभयो । असल खानपान र सरसफाइमा ध्यान दिने सके कुपोषण र अन्य रोगबाट पनि बच्न सकिने बताउनुभएको छ ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आमा र बच्चा दुबैको स्वास्थ्यका लागि परिवारले पनि ख्याल गर्नुपर्ने र असल खानपान र सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।
यस्तै गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले महिलाले आफु र बच्चाको लागि खानपानमा ध्यान दिनुपर्ने र परिवारले पनि सोहि किसिमको वातावरण वनाउनपर्ने बताउनुभयो ।
यहि माघ २७ गते बाट गैँडाकोटका बिभिन्न वडामा सुनौलो हजार दिनका महिलालाई असल खानपान र सरसफाई सम्बन्धि अभिमुखीकरण भएको थियो ।
प्रत्येक वडामा छुट्टा छुट्टै भएको सो अभिमुखीकरणमा गैँडाकोट वडा नम्बर ६ का वडाध्यक्ष सुभाष चापाँगाई, ७ का वडाध्यक्ष होमनाथ सापकोटा, १० का वडाध्यक्ष देविदत्त कँडेल र ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षता रहेको थियो ।