विजय सामुदायिक शिक्षा सदनले मनायो २४ औं वार्षिकोत्सव एबं अभिभावक दिवस समारोह

२०८१ फाल्गुण ८ बिहीबार १९:४१:०० मा प्रकाशित

विजय सामुदायिक शिक्षा सदनले आज (बिहीबार) २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आफ्नै विद्यालयको प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो ।


कार्यक्रममा प्रधानाध्यापक चक्रधर पौडेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीहरूको शैक्षिक सुधारमा विकास गर्नका लागि नियमित अभ्यास कक्षा, मनोवैज्ञानिक तथा परार्मश, नियमित मूल्यांकन र पृष्ठपोषण कक्षाहरु, प्रतिस्पर्धात्मक कार्यक्रम, प्रविधीमैत्री कक्षहरु सञ्चालन गर्न प्रोजेक्टरको प्रयोग गरेको, शिक्षकहरुलाई आधुनिक तथा डिजिटल शिक्षण प्रणालीमा तालिम लगायतका क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । त्यस्तै विद्यालयले बिएलइ, एस इ इ, र १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भउको बताउनुभयो ।

 

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालयले शिक्षा क्षेत्रलाई आधुनिक तथा डिजिटल शिक्षण प्रणालीद्वारा अझ सिक्ने शैलिबाट अध्ययन, अध्यापनलाई जोड दिएर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।

 गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, उपसचिव डा. बालकृष्ण चापाँगाइले विद्यालयको सफलताको शुभकामना व्यक्तगर्दै विद्यार्थीहरुले पढाईलाई गुणस्तर बनाउनका लागि दैनिक रुटिन बनाई पढ्नुपर्ने र अभिभावकले आफ्ना बालबालिकाको पढाईप्रति ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख  देबेन्द्र गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द घिमिरे, लगाएतले शुभकामना दिनुभएको कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका उपाध्यक्ष उमा पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नेपाली विषय प्रमुख शिक्षक रञ्जना लामिछानेले सहजीकरण गर्नुभएको कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ती कोइराला, प्रमुख प्रशासकिय  अधिकृत झविन्द्र खनाल, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका पूर्व अध्यक्षहरु, जनप्रतिनिधि, अभिभावक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

२४ औं वाषिर्कोत्सवको अवसरमा विद्यालयमा उपस्थित अभिभावकहरुलाई २४ ओटा प्रश्नमा हाजिरीजवाफ प्रतियोगिता गरिएकोे थियो । बिहान भएको म्युजिकल चियर खेलमा प्रथम हुने खिमलाल पौडेल, द्धितीय सिता शर्मा अधिकारी र तृतीय दिपा कंडेललाई  पुरस्कृत गरिएको थियो । 


कार्यक्रममा विद्यार्थीहरुले मन्तव्य राखेका थिए भने विभिन्न सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । विधार्थीहरुले स्टलहरु पनि राखेका थिए । विद्यालयले उत्कृष्ट अभिभावकको रामजी घिमिरे, देवि सुनारी मगर, पार्वती परियार लाई सम्मान गरेको थियो भने संगिता केसी, गायत्री कंडेल, सरिता कुमारी बानिया भुसाल र प्रशान्त रेग्मीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरेको थियो ।


गुणस्तरीय र व्यवहारीक शिक्षा हासिल गर्ने उद्देश्यका साथ विजय सामुदायिक शिक्षा सदन वि.स २०५८ साल फागुण ८ गते स्थापना भएको थियो । यहाँ र्नसरी देखि १२ कक्षासम्म व्यवस्थापन, जेनेरल म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, जीव विज्ञान, कम्पयुटर विज्ञान सम्बन्धी पठनपाठन हुदैँ आएको छ ।