वीपी स्मृति कपमा  आज बुलिङटार र हुप्सेकोट गाउँपालिकाबीच प्रतिष्पर्धा 

२०८१ फाल्गुण ८ बिहीबार ०७:५२:०० मा प्रकाशित


नवलपरासी पूर्व । फागुन ८ गते आजदेखि गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सुरु हुँदैछ । राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको समुद्घाटन आज गैँडाकोट क्षेत्रिय रंगशालामा विहान १२ बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका पूर्वमहान्त्री तथा केन्द्रीय सदस्य प्रा.डा. शशांक कोइरालाले गर्नुहुनेछ । ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो । नवलपुरका ८ वटा पालिकाबीच प्रतियोगितामा प्रतिष्पर्धा हुने छ ।

प्रतियोगिताको समुद्घाटनका दिन बिहीबार बुलिङटार गाउँपालिका र हुप्सेकोट गाउँपालिकाबीच प्रतिष्पर्धा हुने नेपाली काँग्रेस गैँडाकोटका कोषाध्यक्ष गोपीनाथ खरेलले जानकारी दिनुभयो । 


रनिङ शिल्ड फुटबल प्रतियोगिताको प्रथम पुरस्कार एकलाख रुपैँया, दोस्रो पुरस्कार ५० हजार रुपैँया, सर्वोत्कृष्ट खेलाडी पुरस्कार १० हजार रुपैँया, सर्वाधिक गोलकर्ता पुरस्कार पाँच हजार रुपैँया, सर्वोत्कृष्ट गोलरक्षक पाँचहजार रुपैँया र प्लेयर अफ दि म्याच पुरस्कार एकहजार रुपैँया राखिएको छ ।