चापागाईँ बन्धुहरुको भेला सम्पन्न

गैँडाकोट । गण्डकी प्रदेश, स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नं ५ नागस्थान उदगम स्थल भई बाग्लुङ्ग अमलाचौर काम्लेबाट बसाइँ सर्नु भएका गर्भे चापागाईँ बन्धुहरुको भेला सम्पन्न भएको छ ।
गैंडाकोट ८ नवलपुर निवासी टंङ्कप्रसाद चापागाईँको अध्यक्षतामा सम्पन्न भेलाले चापागाईँ कल्याण प्रतिष्ठानूको विधान मस्यौदालगायत वंशावली अध्यावधिक विषयलाई अगाडि बढाउने निर्णय गरेको छ । उक्त भेलाले अध्यक्ष टंङ्कप्रसाद चापागाईँको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।
जसको सदस्यहरुमा केशवप्रसाद चापागाईँ र नवराज चापागाईँ रहनुभएको छ । साथै राजेन्द्र चापागार्ईँ संयोजक रहनुभएको चापागाईँ वशावली प्रकाशन उप समितिसमेत गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा तेजप्रसाद चापागाईँ, शालिकराम चापागाईँ, नवराज चापागाईँ, विनोद चापागाईँ र घनश्याम चापागाईँ रहनुभएको छ ।
भेलाले रामप्रसाद चापागाईँको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्था एवम् मन्दिर निर्माण उपसमिति गठन गरेको छ । सो समितिका सदस्यहरुमा युवराज चापागाईँ, तेजप्रसाद चापागाईँ, केशव चापागाईँ र नारायण चापागाईँ रहेको जानकारी कार्यक्रमका अध्यक्ष टंङ्कप्रसाद चापागाईँले दिनुभयो ।