नगर प्रज्ञा प्रतिष्ठानमा नगरप्रमुखले तोकेको व्यक्ति (कुलपति) अध्यक्ष हुने 

२०८१ माघ ४ शुक्रबार १९:०५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको १६ औँ नगरसभाबाट गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९, दोस्रो पटक संशोधन गरिएको छ ।
आज शुक्रबार भएको नगरसभाबाट प्राज्ञ सदस्यमा रहने मध्येबाट नगरप्रमुखले तोकेको व्यक्ति (कुलपति) अध्यक्ष हुने नगर कार्यपालिकाका सामाजिक विकास समिति संयोजक रत्नप्रसाद सापकोटाले संशोधन प्रस्ताव पेश गर्दै जानकारी दिनुभयो । 

यस्तै प्रमुख संरक्षकमा नगरप्रमुख, संरक्षकमा उपप्रमुख रहने प्रावधान राखिएको छ । उपकुलपति उपाध्यक्ष हुने र प्रमुख प्रशासकिय अधिकृत, नगर शिक्षा अधिकारी, नगर कार्यपालिका सदस्यबाट १ महिला सहित कम्तिमा कार्यपालिकाले तोकेका ४ जना सदस्य रहने, नगरभित्रका भाषा–साहित्य कला, संगित र संस्कृतिका बिज्ञ र लामोसमयदेखि साधना गरिरहेका ३५ जना मनोनित सदस्य, शिक्षा युवा तथा खेलकुद शाखाबाट १ जना अधिकृत सदस्य सचिव, सामाजिक विकास समितिबाट समितिले तोकेको १ जना सदस्य रहने जनाइएको छ । 


नगरसभामा पेश भएको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९, दोस्रो पटक संशोधन बहुमतले पारित भएको छ ।