स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीनिवास बालुुवाटारमा आज कार्यदलको प्रतिवेदन र सुुझावबारे ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले सुधारको कार्ययोजना बनाउन निर्देशन दिनुभएको हो । निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुनेमा प्रधानमन्त्रीको जोड छ । उहाँले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले बीमा कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिनुभएको हो । हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुुक्तानी गर्न बाँकी छ । यस कार्यक्रममा हाल कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र त्यसरी आवद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।