स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्ने प्रस्ताव
निर्वाचन आयोगले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख÷उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेको छ । निर्वाचनसम्बन्धी ऐनमा उक्त प्रस्ताव राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आज काठमाडौँमा एक कार्यक्रममा उहाँले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई पनि तलमाथि गर्न सकिने बताउनुभएको छ । छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यो व्यवस्था गर्न सकिने उहाँको भनाइ छ ।