लोसपाले बनायो उच्चस्तरीय समिति
काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उच्चस्तरीय वार्ता समिति बनाएको छ । पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्र नाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी उच्चस्तरीय वार्ता समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभएको छ । एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पु¥याउन समिति गठन गरिएको हो । राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्दै लोसपाले यसअघि नै पाँच सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदल खारेज गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरिएको ठाकुरले बताउनुभयो ।