निरक्षरहरुलाई साक्षार बनाउँदै मौलाकाली सामुदायिक सिकाई केन्द्र 

२०८१ पौष २७ शनिबार १९:१२:०० मा प्रकाशित

गैंडाकोट । स्थापना कालदेखि नै सयौं संख्यामा निरक्षरहरुलाई साक्षार बनाउँदै आएको मौलाकाली सामुदायिक सिकाई केन्द्रले छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

आज गैंडाकोट ४ स्थित जनक नमुना मा.विको पुरानो भवनमा भएको कार्यक्रममा सबैका लागी शिक्षा र सधैंका लागी शिक्षा भन्ने अभिप्रायका साथ अगाडी बढेको अध्यक्ष कमल प्रसाद पराजुलीले बताउनुभयो । उहाँले शिक्षाबाट वञ्चित भएका बालबालिकाहरुलाई मात्र नभएर वृद्धधहरुलाई पनि शिक्षा दिदै आउनुका साथै विभिन्न अभिमुखीकरण कार्यक्रम गर्दै आएको मौलाकालि सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कमल प्रसाद पराजुलीको भनाई छ । 

संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै सचिव याम माया पुलामी मगरले अनौपचारिक प्रौढ गृहिणी कक्षाहरु सञ्चालन गर्दै आएको बताउनुभयो । जीवनस्तर उकास्नका लागि यस संस्थाले आयआर्जन तथा क्षमता विकास तालिमहरु सञ्चालन गर्दै आएको र तालिममा सहभागी भएका केहीले सिकेको सिपलाई व्यवहारमा उतारी आफैले व्यवसाय सञ्चालन गर्दै आएको समेत बताउनुभयो ।    
कोषाध्यक्ष हिमाल देव पंगेनीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै  मौलाकालि सिकाई केन्द्रले  ७ लाख ३२ हजार ८ सय ६५ रुपैंया आम्दानी र ८ लाख ४६ हजार ९३६ रुपंैया खर्च गरी १ लाख १४ हजार ७१ रुपैंया घाटा व्यहोरिरहेकोे बताउनुभयो । 
विशेष गरी मौलाकाली सामुदायिक सिकाई केन्दले महिला, पिछडिएका वर्ग, जातजाति तथा अन्य अल्पसङ्ख्यक वर्गलाई लक्षित गरी उनीहरुको व्यक्तित्व, शैक्षिक तथा आर्थिक विकासमा टेवा पु¥याउदै आएको छ ।

गैंडाकोट नगरपालिकाका प्रशासकिय प्रमुख झविन्द्र खनालको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गैंडाकोट नगर शिक्षा शाखा अधिकृत राम प्रसाद अधिकारी, गैंडाकोट  नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सिता लामिछाने पौडेल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विधालयका प्राध्यापक, प्राचार्य, शिक्षकहरु, गैंडाकोट खानेपानीका अध्यक्षहरु, सामुदायिक वनका पदाधिकारीहरु, विभिन्न टोलवासीहरुको उपस्थिती रहेको थियो ।     

मौलाकालि सिकाई केन्द्रका कोषाध्यक्ष हिमाल देव पंगेनीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा  गैंडाकोट नगर शिक्षा शाखा अधिकृत राम प्रसाद अधिकारी, जनक कलेजका प्राचार्य चेतनाथ भुसाल, अनौपचारिक प्रौढ विद्यालयकी गीता क्षेत्री, जयश्री वन तथा उपभोक्ता संस्थाका कोषाध्यक्ष पार्वती ढकाल, स्क्रिम खानेपानीका सहसचिव कृष्ण प्रसाद काफ्लले शुभकामना राख्नुभएको कार्यक्रमको सहजीकरण भने सचिव याममाँया पुलामी मगरले गर्नुभएको थियो ।

कार्यक्रममा अनौपचारिक प्रौढ विधालयमा निरन्तर उपस्थित तथा ज्येष्ठ नागरिक नन्दकाली गौतम,  ज्येष्ठ नागरिक गोमादेवी आर्चाय, गुडिया तालिम सिकी आफैंले व्यवसाय सञ्चालन गर्दै आउनुभएकी सुमित्रा घिमिरे गरी ३ जनालाई सम्मानित गरिएको  थियो ।