प्याब्सन नवलपुरको अध्यक्षमा हरिहर अधिकारी सर्वसम्मत निर्वाचित
नवलपुर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) नवलपुरको छैठौँ साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष हरिहर अधिकारीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा भीमलाल कँडेल, उपाध्यक्षमा प्रदीप बास्तोला, सचिवमा कान्तमणि चौधरी, सह सचिवमा मोहन सिंह बाक्बल, कोषाध्यक्षमा चुराबहादुर गुरुङ, सह कोषाध्यक्षमा नारायण बहादुर थापा निर्वाचित हुनुभएको छ ।
यसै गरी सदस्यहरूमा चिरञ्जीवी गौडेल, जगन्नाथ अर्याल, राधा शर्मा, लक्ष्मण कँडेल, राजेन्द्र गुरुङ, प्रदीप भुसाल, कलादेवी पाण्डे र सरस्वती सुवेदी सापकोटा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको जनाइएको छ ।