धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले शुक्रबार ४५ औँ वार्षिक साधारण सभा सम्पन्न 

२०८१ पौष २७ शनिबार ०७:०३:०० मा प्रकाशित

नवलपुर । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले शुक्रबार ४५ औँ वार्षिक साधारण सभा सम्पन्न गरको छ । वि.सं. २०३७ सालमा स्थापित यस समिति एउटा परिपक्क सामाजिक र अध्यात्मिक कार्य गर्ने संस्थाको रुपमा अगाडी बढिरहेको छ । 
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले वैदिक सनातन धर्म संस्कार संस्कृतिको जग नै नेपाल र नेपालीको पहिचान भएकाले धर्मसंस्कार र संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुन आग्रह गर्नुभएको थियो । 
नेपाल सरकारबाट पर्यटकिय क्षेत्र समेत घोषणा गरिएको धार्मिक क्षेत्रको प्रर्वद्धनका लागि काम गरिरहेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । उहाँले भक्तजनको सेवा र सुविधाका लागि खानेपानीको व्यवस्थापन, गौशाला व्यवस्थापन, आवास व्यवस्थापन, गुरुकुल निर्माणका लागि मन्दिरले गुरु योजना अनुरुप अघि बढीरहेको बताउनुभयो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सचिव श्यामसुन्दर पराजुलीले अहिले सञ्चालन भइरहेको केवलकारलाई देवघाट जोड्ने र धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि मन्दिरले सकरात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले धार्मिक पुस्तकालयको स्तरोन्नती गरी प्रविधिमैत्री बनाइने बताउनुभयो । साथै मन्दिरको मौलिक पहिचानलाई कायम राख्दै धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने किसिमका कार्यक्रमहरु गर्ने सचिव पराजुलीको भनाई छ । 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका कोषाध्यक्ष सुवनप्रसाद ढकालले धार्मिक सेवा समितिले आर्थिक वर्ष २०८०÷८१ मा मन्दिरको वास्तविक आम्दानी २ करोड ४७ लाख ४६ हजार ९८ रुपँैया र वास्तविक खर्च २ करोड ५० लाख ७९ हजार ५ सय १ रुपैँया रहेको जानकारी दिनुभयो । मन्दिरले अहिलेसम्म गुरुकुल र मन्दिर दुबै तर्फ गरि ४ करोड ६ लाख २१ हजार रुपैँयाको अक्षयकोष बनाएको छ । 
मन्दिरद्वारा सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम)का अध्यक्ष हरिप्रसाद सापकोटाले अहिले कक्षा ६, ७, ८ र ९ सञ्चालनमा रहेको गुरुकुलमा अब कक्षा १० थप्ने गरि योजना बनिरहेको बताउनुभयो । अध्यक्ष सापकोटाले ३७ जना बटुक र ७ जना गुरुहरुको प्रत्यक्ष सहभागितामा पूर्विय ज्ञान र विज्ञानको अध्ययन अध्यापन भइरहेको बताउनुभयो । 
आन्तरिक लेखा समितिका संयोजक शोभाकान्त काफ्ले संयोजकत्वको लेखा समितिले गुरुकुलम्लाई थप व्यवस्थित बनाउन दातृ संस्थाहरुसँग सहकार्य दरवन्दी र अनुदान माग गर्ने , धार्मिक पर्यटकिय क्षेत्र भएकाले भक्तजन र पर्यटकहरुलाई यस क्षेत्रमा थप दृश्यावलोकन गर्न सक्ने क्षेत्रहरुको निर्माण गर्न सुझाव दिएको छ । 
काशिनाथ कंडेल नेतृत्वको अनुगमन तथा मूल्याङ्कन उपसमितिको प्रतिवेदनले गुरुकुलम्का  छात्र तथा अभिभावकलाई पूर्ण रुपमा अपनत्व बोध गराउने, गणेश मन्दिर, राधाकृष्ण मन्दिर ओझेलमा परेकाले आवश्यक योजना बनाई अगाडी बढ्न सुझाव दिएको छ । 
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री कृष्णचन्द्र नेपाली र पूर्वमन्त्री देवेन्द्र पौडेललाई सम्मान गरिएको थियो, यस्तै अभिनन्नदन पत्रले डिल्लीप्रसाद भुषाल र विष्णुकुमारी भुषाल दम्पत्तीलाई सम्मान गरिएको थियो । यस्तै समितिले मन्दिरको विकास र उन्नयनमा सहयोग पु¥याउने सामाजिक र धार्मिक व्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो । 
गैँडाकोट क्षेत्रभित्रका विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सल्लाहकार, पूर्व अध्यक्षहरु, जनप्रतिनिधिहरु, आजिवन तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई मन्दिरका उपाध्यक्ष खगेन्द्रदास कंडेलले स्वागत गर्नुभएको थियो ।