तमु ल्होसारको अवसरमा गैँडाकोटमा शुभकामना आदानप्रदान 

२०८१ पौष १५ सोमबार १९:२०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट तमु आदर्श गुरुङ्ग समाजको आयोजनामा २६ सय ८ औ ल्होसार पर्व मनाइएको छ । श्री साङ्गे छ्योइलिङ्ग महाबौद्ध गुम्बाको परिसरमा भव्य कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गरिएको हो । तमू गुरुङ समुदायले यस पटकको आफ्नो महान चाड तमू ल्होसार गरुण बर्र्गको बिदाइ तथा नाग वर्गको स्वागत गरी मनाएका हुन । 


तमु ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गरिएको गैँडाकोट तमु आदर्श समाजका अध्यक्ष विरबहादुर गुरुङले जानकारी दिनुभयो । 

 

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले ल्होसारको बधाइ तथा शुभकामना दिदै गैँडाकोटमा रहेको निर्माणधिन गुम्बाको विकास विस्तारका लागि काम गर्ने बताउनुभएको छ ।

उपप्रमुख शान्ति कोइरालाले शुभकामना व्यक्त गर्दै नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा गैँडाकोटका जनप्रतिनिधिहरु वडाध्यक्ष सुरेन्द्र रेग्मी, प्रकाश सापकोटा, शिवकान्त तिवारी, तेजप्रसाद घिमिरे, बिभिन्न संघ संस्था, बिभिन्न राजनितिक दलका प्रतिनिधि, गैँडाकोट ५ का पूर्व वडाध्यक्ष नवराज कँडेल,  नवलपुर लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बुद्धिनाथ घिमिरे लगायतले ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै बिभिन्न जातजाति, भाषभाषी र संस्कृतिले देशकै सुन्दरता बढाएको बताउनुभयो । 

कार्यक्रमको संयोजन श्री साङ्गे छ्योइलिङ्ग महाबौद्ध गुम्बाका अध्यक्ष किसन गुरुङ्गले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण चन्द्रविर तमु र मेखमाया तमुले गर्नुभएको थियो । 

यस्तै यसअघि गुम्बाबाट निस्केको ¥यालीले गैँडाकोटका बिभिन्न स्थानको परिक्रममा गरेको थियो ।