तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँवासीलाई पठनपाठनमा समस्या

२०८१ पौष १८ बिहीबार १०:३०:०० मा प्रकाशित


जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँका बालबालिकालाई पठनपाठनमा समस्या भएको छ । यो गाउँका कोही कसैले पनि एसएलसी पास गरेका छैनन् । यो गाउँका बालबालिकादेखि किशोरले पढाइको लागि अनुकुल वातावरण पाइरहेका छैनन् । घरायसी आवश्यकता पूरा गर्न काम खोज्दै भारतमा जानुपर्ने बाध्यता भएकाले पढाइ पूरा गर्न नसकिएको तातोपालिका गाँउपालिका वडा २ का तिल डाँगीले बताउनुभयो । स्थानीय सरकार र जिल्लास्तरमा शिक्षाको क्षेत्रमा काम गर्न सरकारी तथा गैरसरकारी निकाय रहे पनि आपूmहरूलाई कुनै सघाउ नपुगेको उनीहरूको भनाइ छ ।

गोप्थाडा गाँउका स्थानिय अहिले पनि रोजगारिका लागी भारत जाने गरेका छन् । तातोपानी गाउँपालिका २ का अध्यक्ष चन्द्रमान बुढाले स्थानीय सरकारले विपन्न समुदायका बालबालिकालाई अध्यापनका लागि छात्रवृत्ति र कोचिङ कक्षाको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो । गोप्थाडा गाउँमा जम्मा घरपरिवार सङ्ख्या २५ रहेको छ । तर कमजोर आर्थिक अवस्थाका कारण यहाँका विद्यार्थी माथिल्लो तहसम्मको पढाइ गर्न नसकेको बताउँछन् ।