इजिप्टमा १ करोड ५७ लाख पर्यटक पुगे
सन् २०२४ मा इजिप्टमा १ करोड ५७ लाख पर्यटक पुगेका छन् । इजिप्टको नयाँ प्रशासनिक राजधानी कायरोको आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोस्तफा मदबोलीले २०२५ मा १ करोड ८० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।
इजिप्टमा सन् २०१९ मा १ करोड ३० लाखभन्दा बढी पर्यटक पुगेकामा सन् २०२० मा कोभिड–१९ महामारीका कारण ३७ लाख पर्यटक पुगेका थिए ।
त्यसपछि क्रमशः २०२१ मा ८० लाख, २०२२ मा १ करोड १७ लाख र २०२३ मा १ करोड ४९ लाख पर्यटक पुगेका थिए । पर्यटन क्षेत्र इजिप्टको विदेशी मुद्राको मुख्य स्रोतहरू मध्ये एक हो ।